राजस्थानको प्लेअफ सम्भावना कायमै, पन्जाब किंग्स बाहिरियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)को शीर्ष चारमा रहँदै प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ।

धर्मशालाको एचपीसीएको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पन्जाब किंग्सलाई पराजित गरि राजस्थान ४ विकेटले विजयी भएको थियो ।

पन्जाबले दिएको १८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

राजस्थानको जितमा यशस्वी जैसवाल र देवदत्त पडिकलले अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

ADVERTISEMENT

पन्जाबका लागि साम करनले ३१ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४९ रन बनाए । सुरुआत राम्रो हुन नसकेको पन्जाबका ओपनर प्रभसिमरन सिंह पहिलो ओभरमा २ रन बनाउँदै आउट भएका थिए ।

राजस्थान १४ खेलबाट १४ अंकका साथ पाँचौ स्थानमा रहेको छ । राजस्थानको प्लेअफ प्रवेशको सम्भावना कायमै रहेको छ ।

शनिबार(आज)को दोस्रो खेलमा लखनउसँग कोलकत्ताको हार तथा आइतबार मुम्बई तथा बेंगलोरको हारले राजस्थानको लागि प्लेअफको ढोका खुल्नेछ ।

पन्जाब १४ खेलमा १२ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *