ब्राइटनमाथि न्युक्यासलको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।

शुक्रबार बिहान सकिएको खेलमा न्युक्यासलले ब्राइटनमाथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै तेस्रो स्थान कायमै राखेको हो ।

न्युक्यासले ब्राइटनका खेलाडीले गरेको आत्माघाती गोलवाट सुरुवाती अग्रता लिन सुरु गरेको थियो । ब्राइटनका डेनिज उनडभले आफ्नै पोस्टमा गोल गरेपछि २२ औं मिनटमा न्युक्यासलले १–० को अग्रता लियो ।

ADVERTISEMENT

यसैगरी, पहिलो हाफको अतिरिक्त समयमा न्युक्यासलका डान ब्रुनले थप गोल गरेपछि न्युक्यासल २–० ले अघि बढन सफल भयो ।

उता, दोस्रो हाफको ५१ औं मिनेटमा ब्राइटनका उनडभले गोल फर्काए पछि खेल २–१ को स्थीतिमा रहन पुग्यो ।

तर, खेलको ८९ औं मिनेटमा कलुम विल्सनले गोल गरे पछि खेल ३–१ को स्थीतिसहित सहज रुपमा अघि बढयो । तर, त्यो लामो समयसम्म स्थिर रहन सकेन ब्रुनो रोड्रिगेजले दोस्रो हाफको अतिरिक्त समयमा थप गोल गरेपछि न्युक्यासले ४–१ को सहज जीतसहित तेस्रो स्थानमा कायम रहन सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *