काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।
जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुँदैछ ।
च्यासल मैदानमा हुने खेलमा मनाङ मस्र्याङदी क्लब र संकटा क्लब एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।







Breaking news with related posts