मुम्बईलाई हराएको लखनउको प्लेअफ सम्भावना बलियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्समाथि रोमान्चक जित दर्ता गरेको छ ।

घरेलु मैदान ऐकना स्टेडियममा मंगलबार राति लखनउले आइपीएल २०२३ को ६३ औं खेलमा पाँच रनको रोमान्चक जित दर्ता गरेको हो । यो जितसँगै लखनउले प्लेअफको सम्भावना बलियो बनाएको छ ।

जितका लागि १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनायो ।

ADVERTISEMENT

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । जितसँगै लखनउ १३ खेलमा १५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान १३ खेलमा मुम्बई १४ अंकका साथ चौथो स्थानमा छ । हारका बाबजुत मुम्बईको पनि प्लेअफ सम्भावना बलियो नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *