काठमाडौं । गोकुलम केरलाबाट भारतीय आई लिगको उपाधि जित्नुभएका मनिष तिम्सिना मनाङ मस्र्याङ्दी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा अनुबन्धित हुनुभएको छ । कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले सिजनको बीचमा मनिषलाई गोलकिपर प्रशिक्षक बनाएको हो । मनिषले सामाजिक सञ्जालमा पोष्ट राख्दै नयाँ प्रोजेक्ट सुरु भएको बताउनुभएको छ ।
आई लिग सकिएर नेपाल फर्किनुभएका उहाँले पहिलोपटक मनाङको प्रशिक्षण टिममा जोडिने मौका पाउनुभएको हो । गोकुलम केरलाले २०२१-२२ को सिजन आई लिग जित्दा मनिष गोलकिपर प्रशिक्षक हुनुहुन्थ्यो ।
मनाङले यसअघि नै मुख्य प्रशिक्षक परिवर्तन गरिसकेको छ । सुरुमा किरण श्रेष्ठ मनाङको प्रशिक्षक हुनुहुन्थ्यो । तर, लगातार हारपछि किरणको स्थानमा मनाङले विष्णु गुरुङलाई दुई वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements