न्युक्यासलमाथि आर्सनलको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको छ।

न्युकासल युनाइटेडको मैदानमा आइतबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन मार्टिन ओडेगार्डले एक गोल गर्दा न्युकासलका फाबियन शारले एक आत्मघाती गोल गरेका हुन् ।

ADVERTISEMENT

प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । म्यान्चेस्टरका गोलरक्षक डभिड डे गियाले गल्ती गर्दा वेष्ट ह्यामका खेलाडी साइद बेन्रहामाको प्रहार गोलमा बदलिएको थियो ।

पराजित भएसँगै म्यान्चेस्टरले तेस्रो स्थानको न्युकासललाई उछिन्ने अवसर गुमाएको छ । प्रिमियर लिगमा ३४ खेलबाट ८२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *