खुला छनोटबाट भलिबल टोली निर्माण गरिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाल भलिबल संघले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) र किर्गिस्तानमा हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि गरेको खुला छनोटबाट ३६ खेलाडी समावेश गरेको छ । संघले राष्ट्रिय टोली तयार पार्नका लागि खुला छनोट आहृवान गरेको थियो । खुला छनोटको पहिलो दिन बिहीबार विभिन्न क्लब तथा प्रदेशबाट गरी कुल ३६ खेलाडी समावेश भएका हुन् । खुला छनोट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा २३ वैशाखसम्म चल्ने संघले जनाएको छ ।

बिहीबार भएको छनोटमा मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट क्षेत्री, विशाल विक, उत्तम चन्द, रविन चन्द, रवि केसी, धिरोजकाजी बस्नेत, टेकराज अवस्थी, धनपति, अमृत विक, शरण कार्की, राजेन्द्र विष्ट, शरण सामरी क्षेत्री, हेमन्त मल्ल, अमिर थापा, सरोज चम्लागाईं, प्रेम गौतम र राजकुमार निरौला सहभागी हुनुभएको छ ।

यस्तै, हरि हजुर थापा, दुर्गा महतो, अभिषेक थापा, सम्राट भण्डारी, लोकेन्द्र गिरी, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सन्तोष महता, सफल विक, रविन नगरकोटी, सरोज बोहोरा र मनिष मानन्धर तथा लिबेरोमा भरत चुनारा, नरेन सिञ्जाली, हृदयेशप्रसाद चौधरी, विनोद चन्द, अभिषेक थिङ तामाङ र भीम गाहा छनोट हुनुभएको छ ।

ADVERTISEMENT

खुला छनोटमा प्रशिक्षक जगदिशप्रसाद भट्ट र अर्का प्रशिक्षक भरत यादवले खेलाडी छनोट गरिरहनुभएको छ । नेपाली पुरुष भलिबल टोलीले यस वर्ष १९औँ एसियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तय भएको छ ।

किर्गिस्तानमा काभा पुरुष नेसन्स लिग असार ३ गतेदेखि १० गतेसम्म हुनेछ । एसियाड चीनको हाङझावमा असोज ६ गतेदेखि २१ गतेसम्म हुँदैछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्कमिनिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *