बागमती र कोशी उपाधिका लागि भिड्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

कैलाली । कैलालीको धनगढीमा जारी एनआइबिएम सुदूरपश्चिम मुख्यमन्त्री १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमती र कोशी प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार भएको सेमिफाइनलमा जित हात पार्दै दुवै टोली उपाधिका लागि भिड्ने भएका हुन् । बागमतीले लुम्बिनी प्रदेश र कोशीले मधेश प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाइनलमा कोशीले मधेश प्रदेशलाई ५८ रनले हरायो । कोशीले पहिले ब्याटिङ गर्दै निर्धारित ३० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनायो । कोशीका लागि भुपाल दंगालले ३६ रन, शिवांस बजगाईंले ३४ रन, अलिस मण्डलले २९ रन र आशिक मगरले अविजित २४ रन बनाउनुभयो । मधेशका लागि अभिषेक तिवारीले ३ विकेट लिनुभयो । चन्दन रामले २ विकेट र रोहन शाहले एक विकेट लिनुभयो ।

प्रत्युत्तरमा मधेश प्रदेशले २४ दशमलब ५ ओभरमा सबै विकेटको क्षतिमा ९६ रनमात्रै बनाउन सक्यो । उसका लागि निरज यादवले २८ रन, चन्दन यादवले २३ रन, अलि अन्सारीले २० रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो रन अंक छुन नसकेको अवस्थामा ४ जना खेलाडी शून्यमा आउट भए । कोशीका लागि कृतिक कामतले ५ विकेट लिनुभयो । आशिक मगरले २ विकेट लिँदा सौजन घिमिरे र प्रतीक पौडेलले एक-एक विकेट लिनुभयो ।

दोस्रो सेमिफाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ७० रनले हरायो । पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ३० ओभरमा ८ विकेटको क्षतिमा १७५ रन बनायो । बागमतीका लागि रोशन विकले ४६ रन, निश्चल श्रेष्ठले २३ रन र अर्थव पौडेलले २० रन बनाउनुभयो । लुम्बिनीका लागि कमरान अहमद र सन्तोष यादवले दुई-दुई विकेट लिनुभयो ।

ADVERTISEMENT

प्रत्युत्तरमा लुम्बिनी प्रदेशले २८ दशमलब एक ओभरमा सबै विकेटको क्षतिमा १०५ रनमात्रै बनाउन सक्यो । उसका लागि प्रतीक भट्टराईले ४७ रन र सुदिप यादवले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बागमतीका लागि विशाल खत्रीले तीन विकेट र रोशन विकले दुई विकेट लिनुभयो ।

प्रतियोगिताको फाइनल खेल आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजले १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता आगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?