बार्सिलोना रायो भालेकानोसँग पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना पराजित हुन पुगेको छ । म्याड्रिडमा बुधवार राति भएको खेलमा घरेलु टोली भालेकानोसँग पराजय हुन पुगेको हो ।

भालेकानो २–१ ले बिजयी हुदाँ शिर्षस्थानमा रहेको बार्सिलोना स्तब्ध हुन पुगेको छ ।

राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि भालेकानो १–० ले अघि बढेको थियो ।

भालेकोनाको गोल पोष्टमा गोल हान्ने अनवरत प्रयास गरे पनि अन्ततः बार्सिलोना पहिलो हाफमा नै १–० ले पछि पर्न पुग्यो ।

ADVERTISEMENT

दोस्रो हाफको सुरुवाती अर्थात ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० को अन्तरले अग्रता दोब्बर बनाए ।

तर, ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि थप गोल हान्न नसक्दा बार्सिलोनाले पराजय भोग्नु पर्यो ।

यस सिजन ला लिगामा तेस्रो हार बेहोरेको बार्सिलोनाले ३१ खेलबाट ७६ अंक जुटाएको छ भने भालेकानो ४३ अंकसहित नवौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?