रेखाको गोलमा ओडिशा विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले गोल गर्दा स्पोट्र्स ओडिशाले भारतीय महिला लिग (आइडब्लुएल)मा विजयी सुरुवात गरेको छ । हप्स फुटबल क्लबलाई तीन-दुई ले पराजित गर्दा रेखाले सुरुवाती गोल गर्नुभएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रेखाले सुरुवाती अग्रता दिलाउनुभएको थियो । उहाँले ५१औँ मिनेटमा गोल गर्नुभएको थियो । ५८औँ मिनेटमा मनिषा नायकले अग्रता दोब्बर पार्नुभयो ।

ADVERTISEMENT

७४औँ मिनेटमा हप्सका लागि शैलिजाले बराबरी गोल फर्काउनुभयो । ८१औँ मिनेटमा रजनी बालाले गोल गर्दा खेल दुई÷दुईको बराबरीमा आएको थियो । तर, वैकल्पिक खेलाडी अञ्जुले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै ओडिशाको जित पक्का गर्नुभयो । लिगको अर्को खेलमा मिसाका युनाइटेडले माता रुक्मणि फुटबल क्लबलाई २-० ले हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *