केपिलासगढी गाउँपालिकाद्वारा २५जना खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरुलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगितामा सहभागी २५ जना खेलाडीहरुलाई बैशाख ५ गते गाउँपालिकामा कार्यक्रम गरेर जनही पाँचहजारका साथमा सम्मान पत्र प्रदान गरेको हो ।

ADVERTISEMENT

जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण, १० रजत, १३ काश्य ल्याएर केपिलासगढी गाउँपालिका पहिलो भएको थियो ।

खेलाडीहरुको प्रोत्साहनका निमित्त नगद पुरस्कार प्रदान गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो । चैत २८ गतेदेखि बैशाख १ गतेसम्म १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता दिक्तेलमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?