काठमाडौं । जेठको दोस्रो सातादेखि नेपालमा हुने काभा महिला भलिबल च्यालेन्ज कपका लागि दोस्रो चरणमा पुग्ने खेलाडीहरूको घोषणा गरिएको छ । नेपाल भलिबल संघले दोस्रो चरणमा १७ खेलाडी छनोट गर्दा सुनिता खड्कासहित आरती सुवेदी, सलिना बुढा मगर र सुमित्रा रेग्मी बाहिरिनुभएको छ ।
दोस्रो चरणमा अरुणा शाही (गण्डकी), सरस्वती चौधरी (एपिएफ), निरुता ठगुन्ना (एपिएफ), कविता भट्ट (एपिएफ), पूजा चौधरी (एपिएफ), प्रतिभा माली (न्यु डायमण्ड), सलिना श्रेष्ठ (न्यु डायमण्ड), प्रगति नाथ (न्यु डायमण्ड), रिमा कुँवर (न्यु डायमण्ड), कृपा अधिकारी (आर्मी), साफिया पुन (आर्मी), सरस्वती जैशी (आर्मी), संगम महतो (आर्मी), उषा भण्डारी (पुलिस), कामना विष्ट (पुलिस), पुनम चन्द (पुलिस) र शान्तिकला तामाङ (पुलिस) हुनुहुन्छ ।
नेपाली टोलीलाई बेल्जियन जान डे ब्रान्टले प्रशिक्षण दिइरहनुभएको छ । यस्तै, जगदिशप्रसाद भट्ट, भरत यादव र कोपिला उप्रेतीले टिम अफिसियलका रूपमा साथ दिइरहनुभएको छ ।
च्यालेन्ज कप जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । च्यालेन्ज कपमा आठ राष्ट्रको सहभागिता रहेको छ । नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको उद्घाटन गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements