चेन्नाइमाथि राजस्थानको रोमाञ्चक जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले चेन्नाइ सुपर किंग्सलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रोयल्सले चेन्नाइलाई तीन रनले हराउँदै रोमाञ्चक जीत हात पारेको हो । यो जीतसँगै रोयल्स ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति चेन्नईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो ।

ADVERTISEMENT

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

चौथो खेलमा तेस्रो जितका साथ राजस्थान ६ अङ्क जोडेर शीर्ष स्थानमा छ । चेन्नईको चौथो खेलमा दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *