काभा भलिबलमा नेपाल-भारत एउटै समूहमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल र भारत एउटै समूहमा परेका छन् । नेपाल भलिबल संघको आयोजनामा जेठ ६ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने च्यालेन्ज कपको समूह ‘ए’मा नेपाल, भारतसहित बंगलादेश र कीर्गिस्तान रहेको संघले जनाएको छ ।

त्यस्तै, समूह ‘बी’मा दक्षिण एसियाका अन्य दुई टोली माल्दिभ्स र श्रीलंकाका साथै उज्वेकिस्तान र काजाकस्तान रहेका छन् । च्यालेन्ज कपका लागि नेपाली महिला टोलीको प्रशिक्षण अहिले जारी रहेको छ । हाल प्रशिक्षक जान डे ब्रान्टको नेतृत्वमा २१ खेलाडी प्रशिक्षणमा रहेका छन् । अर्को साता टोलीको दोस्रो चरणको छनोट हुने बुझिएको छ ।

ADVERTISEMENT

सन् २०१९ मा नेपालमा आयोजना भएको १३औँं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलपछि नेपाल र भारतको महिला भलिबल टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो । त्यसबेला नेपाल फाइनलमा भारतसँग ३-२ ले पराजित भएको थियो । नेपाल पहिलोपटक सागको फाइनलमा त्यतिबेला पुगेको थियो । त्यसअघि नेपालले तीन पटक सागमा कांस्य पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?