मुगु । मुगुमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।
जुम्ला जिल्लाको कनकासुन्दरी गाउपालिका वडा नं ९ का बुवा देब भक्त बुढाका छोरा वर्ष २६ का अनिल बुढाले बुधवार दिउँसो अन्दाजि २ ः ४५ बजेतिर आत्म हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं १ स्थित रानिवन जंगलमा सल्लाको रुखमा झुण्डी आत्म हत्या गरेको जनाएको छ ।
नेपाल प्रहरी बिशेष सुरक्षा गण सुर्खेत हाल नेपालगंज कोहलपुर बाँके दरबन्दि भई यस जिल्ला प्रहरी कार्यालय मुगुमा काज खटिआई अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत रहेको प्रहरी नायव उपरिक्षक महेशले बताउनु भयो ।
उहाँका अनुसार मृतक बुढाको मुचुल्का उठाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको र घटनाको बिषयमा अनुसन्धान भई रहेको बताउनु भयो ।
खड्क सुनार / न्युज कारखाना







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts