चार स्रष्टालाई घुम्ती सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । घुम्ती कविगोष्ठी नेपालले चारजना साहित्यिक स्रष्टाहरूलाई घुम्ती सम्मान अर्पण गर्ने भएको छ । घुम्ती कवि गोष्ठीको अध्यक्ष रामकुमार पण्डित क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले साहित्यकारहरू शंकर भारती, डिल्लीप्रसाद मूलतिहुन, धन्वन्तरी मिश्र (कात्यायन) र रञ्जु खनाललाई सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थाका अध्यक्ष रामकुमार पण्डित क्षेत्री, उपाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव मञ्जुश्री केसी प्रधान, कोषाध्यक्ष रामचन्द्र दाहाल, सदस्यहरू त्रिलोचन आचार्य, परशुराम परासर र कपन-बानेश्वर साहित्यिक साप्ताहिकका सहसम्पादक परशुराम अधिकारीको उपस्थितिमा भएको बैठकले आगामी वैशाख ९ गते शनिबार साहित्यकार वेदमणि घिमिरेको निवासमा हुने १२५औं घुम्ती कवि गोष्ठीको अवसरमा सो सम्मान प्रदान गरिने जानकारी गराइएको हो ।

ADVERTISEMENT

हरेक पच्चीस शृंखलामा प्रदान गरिने घुम्ती सम्मानबाट यसअघि पीताम्बर भण्डारी, भुवनहरि सिग्देल, नरनाथ लुइँटेल, मञ्जुश्री केसी प्रधान, निबन्ध आचार्य, शीतल गिरी, ढुण्डीराज मरासिनी, डा.विदुर चालिसे, डा.बमबहादुर थापा जिताली, ओमप्रसाद कोइराला, प्रेम राई परिक्षित, पुरुषोत्तम नेपाललगायत स्राष्टाहरू सम्मानित भइसक्नु भएको छ ।

हरेक महिनाको दोस्रो शनिबार बिहान विभिन्न स्थानमा कवि गोष्ठी गर्दै आएको घुम्ती कवि गोष्ठी नेपालले पच्चीसौं शृंखलामा सम्मान प्रदान गर्ने र त्यसपछि संस्थामा नेतृत्व परिवर्तन गर्ने परम्परा कायम गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *