विश्वकपमा छनोट हुने लक्ष्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली यु-१९ महिला क्रिकेट टोली छनोट खेल्न मलेसिया प्रस्थान गरेको छ । दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यु-१९ महिला टी-ट्वान्टी विश्वकप खेल्ने लक्ष्यसहित नेपाली टोली छनोटमा सहभागी हुन लागेको हो ।

विश्वकप छनोट शुक्रबारदेखि मलेसियामा आयोजना हुँदैछ । त्यसका लागि १४ सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गरेको हो । जेठ २० देखि मलेसियामा सुरु हुने प्रतियोगितामा ६ देश सहभागी हुनेछन् । शीर्षस्थानमा रहने टोली आगामी वर्ष हुने महिला विश्वकपमा सहभागी हुनेछ । छनोट खेलमा नेपाल, युएई, मलेसिया, कतार, भुटान र थाइल्यान्ड रहेका छन् । जसमा नेपाल मुख्य दाबेदारसमेत हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक महेश रिजालले आफूहरूको तयारी राम्रो रहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगिता जित्ने लक्ष्यसहित मलेसिया प्रस्थान गर्न लागेको जनाउनुभयो । ‘हामीले एक महिनादेखि राम्रो तयारी गरेका छौँ । हाम्रो तयारी पूरा भएको छ । शीर्षस्थानमा रहँदै विश्वकपमा छनोट हुनेछौँ,’ प्रशिक्षक रिजालले भन्नुभयो, ‘यस प्रतियोगितामा ६ वटा टिम सहभागी छन् । जित्ने टिम छनोट हुन्छ । हामी त्यही लक्ष्य लिएर तयारी गरिरहेका छौँ । हाम्रो लक्ष्य प्रतियोगितामा अग्र स्थानमा रहेर सुखद परिणाम दिने रहेको छ ।’

ADVERTISEMENT

त्यस्तै कप्तान कृतिका मरासिनीले टोलीले राम्रो खेल्दै विश्वकपमा छनोट हुने प्रतिक्रिया दिनुभयो । ‘हामीले एक महिनाका दौरान उत्कृष्ट तयारी गरेका छौँ । हाम्रो टोली सबैतिरबाट सन्तुलित छ,’ उहाँले भन्नुभयो, ‘हाम्रा प्रशिक्षक, अफिसियलहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । हाम्रा लागि भनेर उहाँहरूले रातदिन मिहिनेत गरिरहनुभएको छ, आशा गर्छु कि नेपालका लागि राम्रो खेलेर राम्रो नतिजा लिएर आउनेछौँ ।’

किनरारा ओभलमा हुने छनोटमा नेपालले पहिलो खेल कतारसँग खेल्नेछ । नेपालको कतारसँग जुन ३ मा खेल हुनेछ । नेपालले दोस्रो खेल युएईविरुद्ध जुन ४ मा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्नेछ । त्यस्तै नेपालले जुन ७ मा थाइल्यान्ड र जुन ९ मा मलेसियाविरुद्ध खेल्नेछ ।

नेपाली यु-१९ महिला टोलीमा कृतिका मरासिनी (कप्तान), स्नेहा महरा (उपकप्तान), सृष्टि जैसी, मनिषा उपाध्य, मनिषा रानामगर, एलिशा यादव (विकेटकिपर), साना प्रविन, रञ्जु श्रेष्ठ (विकेटकिपर), आस्मा पुलामी मगर, सनु राजवंशी, किरण कुँवर, अञ्जली विक, अनु कडायत र सुस्मिता भुषाल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?