सूर्य नेपाल गल्फको दोस्रो दिन धनकोे अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको छैटौँ प्रतियोगिताअन्तर्गत सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धनबहादुर थापा शीर्षस्थानमा उक्लिनुभएको छ । बुधबार ४-अण्डर ६४ को उत्कृष्ट नतिजासहित उहाँ समग्रमा ३-अण्डर १ सय ३३ मा शीर्षस्थानमा उक्लिनुभएको हो ।

थापाले भुवनकुमार रोक्का र रवि खड्कालाई १ स्ट्रोकले पछि पार्नुभयो । भुवन र रवि समग्रमा २ अण्डर १ सय ३४ को स्कोरमा दोस्रो स्थानमा रहनुभएको छ । भुवन १-अण्डर ६७ को स्कोरमा दोस्रो स्थानमा उक्लँदा पहिलो दिनका लिडर रवि ३-ओभर ७१ को खराब प्रदर्शनमा दोस्रो स्थानमा तल झर्नुभएको छ । एमेच्योरद्वय सदभाव आचार्य र सुवास तामाङ तथा प्रोफेसनल गल्फर दीपक मगर र दिनेश प्रजापतीले समग्रमा १-अण्डर १ सय ३५ सहित संयुक्तरूपमा चौथो स्थान बाँड्नुभएको छ ।

ADVERTISEMENT

राष्ट्रिय टिमका सदभावले २-अण्डर ६६ र नेपाल नम्बर एक एमेच्योेर खेलाडी सुवासले इभन-पार ६८ मा दोस्रो दिनको खेल पूरा गर्नुभयो भने दीपकले १-ओभर ६९ र दिनेशले ३-ओभर ७१ को कार्ड पार गर्नुभयो । पहिलो दिन तेस्रो स्थानमा रहनुभएका भुवन नगरकोटीले २-ओभर ७० को स्कोरमा खेल पूरा गर्दा समग्रमा इभन-पार १ सय ३६ सहित आठौँ स्थानमा झर्नुभयो । ४-ओभर १ सय ४० को स्कोरमा युवराज भुजेल र शिवराम पौडेल संयुक्तरूपमा नवौँ स्थानमा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *