काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।
दशरथ रंगशाललामा खेल साँझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।
नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जितका लागि प्रतिस्पर्धामा हुनेछ ।
पछिल्लो पटक भुटानले नेपालसँग सन २०१९ मा भएको १३ औं दक्षिण एसियाली सागमा प्रतिस्पर्धा गरेको थियो।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । नेपालले १ खेलमा ३ अंक जोडेको छ । लाओसको पनि ३ अंक रहेको छ । भुटानले अंक जोड्न सकेको छैन ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts