गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले क्रिकेटर अर्जुन कुमाललाई सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिको कार्यालयमा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले क्रिकेटर अर्जुनलाई सम्मान पत्र, दोसल्ला र नगदसहित सम्मान गर्नुभएको हो ।
त्यस अवसरमा समन्वय प्रमुख खत्रीले लोकप्रिय खेल क्रिकेट अन्तर्गत यु-१९ टीमबाट खेल्दै आउनुभएका उदियमान राष्ट्रिय खेलाडी अर्जुनलाई सम्मान गर्न पाउँदा आफू हर्ष बिभोर भएको उल्लेख गर्नुभयो । उहाँले खेल क्षेत्रबाट गुल्मी जिल्लालाई र नेपाललाई विश्वसामु चिनाउन सफल भएकोमा अर्जुनलाई धन्यवाद दिनुभयो ।
युएईमा भएको आईसीसी यु-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा नेपाली टिमको तर्फबाट सहभागी भई उत्कृष्ट प्रदर्शन गरी सिंगो नेपाल राष्ट्रसहित गुल्मी जिल्लालाई गौरवान्तित बनाउन सफल हुनुभएका क्रिकेटर अर्जुनलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिनुभयो ।
खेल क्षेत्रमा आगामी दिनमा थप हौसला बढोस् भनेर सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति गुल्मीका अध्यक्ष गिरिप्रसाद महाकिमले बताउनुभयो । छत्रकोट गाउँपालिका वडा नम्बर-५, मानकोटमा जन्मिनुभएका उहाँलाई केहिदिन पहिले उहाँको गृह पालिका र शनिबार गुल्मी उद्योग वाणिज्य संघले समेत सम्मान गरेको थियो । क्रिकेटर अर्जुनले कुबेतबिरुद्ध शतक रन बनाउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts