काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप २०२३ मा नेपाल रसियासँग पराजित भएको छ । बंगलादेशमा जारी प्रतियोगितामा नेपाल रसियासँग ३-० गोलले पराजित भएको हो ।
रुसलाई जित दिलाउन एलिना गोलिकले दुई र पोलिना फिल्सिनाले एक गोल गरिन् । आइतबारको तेस्रो खेलमा हारेसँगै नेपालले खेलेका तीन खेलमध्ये दुईमा हार बेहोरेको छ ।
पहिलो खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई ५-० गोलले हराएको थियो ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, नेपाल, भारत र आमन्त्रितको रूपमा रसिया सहभागी छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता