गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले दुई क्रिकेट खेलाडीलाई सम्मान गर्ने भएको छ ।
यस नगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी र यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल हुनुभएका अर्जुन कुमाललाई सम्मान गर्ने भएको हो ।
कार्यपालिकाको बैठकबाट उहाँहरूलाई सम्मान गर्ने निर्णय गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । ‘दुबै जना खेलाडी हामी गुल्मेलीका सान हुनुहुन्छ।’ उहाँले भन्नुभयो, ‘उहाँहरूको उत्कृष्ट क्रिकेट खेल प्रदर्शनको हामीले उच्च प्रसंशा गर्दै कार्यपालिका बैठकद्वारा सम्मान गर्ने निर्णय गरेका छौँ ।’
जिल्लाकै गौरव तथा राष्ट्रका गहनाहरूलाई सम्मान गर्ने निर्णय गर्दा आफूहरूलाई अत्यन्त खुसी लागेको नगरप्रमुख पन्थीले बताउनुभयो । सम्मान गर्ने कार्यपालिकाको निर्णयले जिल्लाभित्र रहेका अन्य विधाका खेलाडीहरुलाई प्रेरणा मिलेको उहाँको भनाइ छ ।
क्रिकेट खेलाडी सोमपाल कामी चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-८, झुर्ममा जन्मिनुभएको हो भने अर्जुन कुमाल छत्रकोट गाउँपालिका वडा नम्बर-५, मानकोटमा जन्मिनुभएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts