प्रिमियर कपमा नेपाल र ओमान भिड्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आयोजना गर्ने प्रिमियर कप क्रिकेटमा नेपाल र ओमानले प्रतिस्पर्धा गर्ने भएका छन् । एसिसीले बिहीबार समूह र खेल तालिका परिवर्तन गरेसँगै नेपाल र ओमान भिड्ने भएका हुन् । वैशाख ५ देखि १८ गतेसम्म नेपालमा हुने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब छन् । यस्तै, समूह ‘बी’मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । नेपाल र ओमानबीचको खेलले एकदिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यतासमेत पाउनेछ ।

खेल तालिकाअनुसार नेपालले पहिलो खेल वैशाख ५ मा)मलेसियासँग टियु क्रिकेट मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग टियुमा खेल्नेछ । यस्तै, वैशाख ११ मा साउदी अरेबियासँग र वैशाख १४ मा कतारसँग खेल्नेछ ।

ADVERTISEMENT

सेमिफाइनलका खेलहरू वैशाख १६ गते हुनेछन् भने फाइनल खेल वैशाख १८ गते टियुमा हुनेछ । यदि फाइनलमा पानी परेको खण्डमा एक दिन रिजरर्भ डे राखिएको छ । तेस्रो स्थानका लागि अप्रिल ३० मा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगिताको विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रहरूसमेत खेल्नेछन् । यस्तै, शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *