क्रिकेटरलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

वीरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुईजना सदस्यलाई वीरगञ्ज महानगरपालिकाले पुरस्कारस्वरूप मोटरसाइकल प्रदान गर्ने भएको छ । बिहीबार सम्पन्न विश्वकप क्रिकेट लिग-२ मा उत्कृष्ट प्रदर्शन गरी देशलाई क्वालिफायर छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने ओपनिङ ब्याट्सम्यान आसिफ शेख र अलराउण्डर आरिफ शेखलाई महानगरपालिकाले मोटरसाइकल उपहार दिने भएको हो ।

शेख दाजुभाइ वीरगञ्जका बासिन्दा हुनुहुन्छ । आइसिसी क्रिकेट विश्वकप लिग-२ को खेलमा आसिफ र आरिफले निर्वाह गरेको भूमिका प्रशंसा गर्न लायक रहेकाले दुवैलाई पुरस्कारस्वरूप एक-एक थान मोटरसाइकल प्रदान गर्न लागेको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

ADVERTISEMENT

राष्ट्रको शिर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनुहुँदै महानगर प्रमुख सिंहले प्रतियोगितामा सहभागी वीरगञ्जका दुवैजना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरवको विषय भएकाले सम्मानस्वरूप मोटरसाइकल प्रदान गर्न लागेको उल्लेख गर्नुभयो ।

राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरूले वीरगञ्जका ऊर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको नगरप्रमुख सिंहको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *