
काठमाडौं । जय ट्रफी पुरुष एलिट कप क्रिकेटअन्तर्गत पहिला दुवै खेल ड्र भएका छन् । जनकपुर र पर्सामा भएका दुवै खेल नतिजाविहीन भएका हुन् । पर्सामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले निर्धारित समयमा ४२ ओभरको खेल खेलेर पाँच विकेट गुमाएर ८८ रनमात्र बनाएपछि खेल नतिजाविहीन हुन पुग्यो । पुलिसका अमित श्रेष्ठले सर्वाधिक ३६ रन जोड्नुभयो ।
आर्मीले पहिलो पारीमा १२१ र दोस्रो पारीमा १७५ रन बनाएको थियो । पुलिसले पहिलो पारीमा १२५ रन बनाएको थियो ।
अर्को खेलमा मधेश प्रदेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित समयमा २० ओभर खेल्दै ६ विकेट गुमाएर ९७ रन जोड्यो । बागमतीका ओपनर रित गौतमले सर्वाधिक २५ रन बनाउनुभयो ।
पहिलो पारीमा १०२ रनमा रोकिएको मधेशले दोस्रो पारीमा २११ रन बनाएको थियो । मधेशका मायन यादवले शतक प्रहार गर्नुभएको थियो । पहिलो पारीमा बागमतीले १५० रन बनाएको थियो । अब बुधबार र बिहीबार पर्सामा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा जनकपुरमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
मयन यादव जय ट्रफी-२०२५ मा शतक बनाउने पहिलो ब्याटर
जय ट्रफी पुरुष इलाइट ट्रफीको दोस्रो दिन मधेश प्रदेशका ओपनर ब्याटर मयन यादवले शतक बनाउनुभयो । आइतबारदेखि सुरु भएको प्रतियोगितामा शतक बनाउने मयन पहिलो ब्याटर बन्नुभयो । जनकपुरको रामजानकी बहुउद्देश्यीय क्रिकेट मैदानमा भएको खेलको दोस्रो इनिङमा मयनले बागमती प्रदेशविरुद्ध १०२ बलमा १२ चौका र दुई छक्कासहित १०० रनको आँकडा पार गर्नुभएको थियो ।
लयमा सन्दीपले मधेशविरुद्ध दोस्रो इनिङमा पनि खसाले पाँच विकेट
जय ट्रफीमा बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले लगातार इनिङमा पाँच विकेट लिनुभएको छ । मधेश प्रदेशविरुद्ध पहिलो इनिङमा पाँच विकेट लिनुभएका सन्दीपले दोस्रोमा पाँच विकेट थपेर आफ्नो विकेट संख्या १० पुर्याउनुभएको थियो । सन्दीपको घातक बलिङमा मधेश प्रदेश पहिलो इनिङमा १०२ रनमै समेटिएको थियो । लामिछानेले १४ ओभर बलिङ गर्दा ७६ रन खर्चेर पाँच विकेट पूरा गर्नुभएको थियो ।
सोमपाल जय ट्रफी-२०२५ मा अर्धशतक बनाउने पहिलो ब्याटर
त्रिभुवन आर्मी क्लबका अलराउन्डर सोमपाल कामी जय ट्रफी पुरुष इलाइट कप-२०२५ मा अर्धशतक बनाउने पहिलो ब्याटर बन्नुभएको छ । सोमबार पर्साको वीरगञ्जस्थित नारायण क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा सोमपालले अर्को विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५० रन पूरा गर्नुभएको थियो । उहाँले ७३ बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गर्नुभएको थियो । आइतबारदेखि मधेशका दुई शहर जनकपुर र वीरगञ्जमा सुरु प्रतियोगिताको यो पहिलो अर्धशतक थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच