नयाँदिल्ली । भारतीय क्रिकेट टिमले न्युजिल्याण्ड र अस्ट्रेलियासँगका दुवै शृंखलामा लगातार हार बेहोरेको छ । दुवै शृंखला हार्दा टिमको नेतृत्व रोहित शर्माले नै गर्नुभएको थियो । शर्माको कप्तानीमा भारतले घरेलु मैदानमा न्युजिल्याण्डसँगको टेस्ट सिरिज ३-० ले गुमाएको थियो । अस्ट्रेलियामा उहाँले तीनपटक टोलीको कप्तानी गर्नुभयो भने टोलीले दुई खेलमा हार बेहोर्यो । तेस्रो खेल वर्षाका कारण बराबरी भएको थियो । अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा भने उहाँलाई आराम दिइएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार पछिल्ला टेस्टमा गरेको प्रदर्शन हेर्दा उहाँको कप्तानी गुम्ने निश्चित छ । उहाँको कप्तानी गुम्ने निश्चितजस्तो भएपछि अब टिमको नेतृत्व कसले गर्छ ? भारतीय सञ्चार माध्यमहरूमा व्यापक चर्चा सुरु भएको छ ।
हाल जसप्रित बुमराह उपकप्तान हुनुहुन्छ, तर उहाँको चोट टोलीका लागि समस्या बन्न सक्छ । रोहितको कप्तानी जारी राख्न उहाँको ब्याटिङले पनि ठूलो भूमिका खेल्छ । जुन निकै खराब भइरहेको छ । उहाँले अस्ट्रेलियामा ३१ रनमात्रै बनाउन सक्नुभयो । सन् २०२४ मा उहाँ १० पटक एकल अंकको स्कोरमा आउट हुनुभयो ।
बुमराहले सधैं फिटनेससँग संघर्ष गर्दै आउनुभएको छ । २०२२ मा अन्तिम चोटि चोटपछि उहाँ लगभग १५ महिना क्रिकेटबाट टाढा हुनुहुन्थ्यो । उहाँलाई स्थायी कप्तान बनाउन नसकिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
हाल भारतीय टोलीमा तीनजनाको प्लेइङ–११ मा स्थान खतरामा परेको देखिँदैन । जसप्रित बुमराह, यशस्वी जैसवाल र ऋषभ पन्त । यशस्वी अहिले निकै जवान हुनुहुन्छ र पन्त पछिल्लो ६ वर्षमा विश्वकै उत्कृष्ट विकेटकिपर ब्याट्सम्यान बन्नुभएको छ । पन्तलाई कप्तान बनाउनु अलि जोखिमपूर्ण हुने समाचारमा उल्लेख छ । किनभने उहाँको ब्याटिङ पनि निकै जोखिमपूर्ण छ । तर, भारतले उहाँलाई कप्तान बनाए ब्याटिङजस्तै टोलीले स्तब्ध तर सकारात्मक नतिजा ल्याउन सक्छ । शुभमन पनि कप्तानको दौडमा हुनुहुन्छ । शुभमन २५ वर्षको हुनुहुन्छ र करिब सोही उमेरमा विराटले पनि कप्तानी सम्हाल्नुभएको थियो । शुभमन अझै कप्तान नबने पनि उहाँलाई उपकप्तान बनाएर टिमले भविष्यका लागि तयार गर्न सक्छ ।
विराट कोहली भारतका उत्कृष्ट टेस्ट कप्तान हुनुहुन्छ । कोहलीले जनवरी २०२२ मा कप्तानी छोड्नुभएको थियो । तर, कोहलीले पनि पछिल्लो ५ वर्षमा ब्याटिङ फर्म टेस्टमा खासै केही गर्न सक्नुभएको छैन । केएल राहुलले अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट ओपनिङ र ब्याटिङ गर्नुभयो । राहुलसँग तीन खेलमा कप्तानी गरेको अनुभव पनि छ, जसमध्ये टोलीले दुईपटक जितेको छ । यदि टोली व्यवस्थापनले स्थिर विकल्प छनोटमा ध्यान केन्द्रित गर्छ भने राहुल उपयुक्त विकल्प भएको दैनिक भास्करले जनाएको छ । एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा