
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनअन्तर्गत बागमती प्रदेश कमिटी र काठमाडौं उपत्यका कमिटीको नयाँ कार्यसमिति चयन भएको छ । दुवै कमिटीमा नौ-नौ सदस्यीय कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
बागमती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन चयन हुनुभएको छ भने उपाध्यक्षमा रवीन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित हुनुभएको छ । सचिवमा नवीना गुरुङ र कोषाध्यक्षमा डोमा तामाङ चयन हुनुभएको छ । सदस्यमा दावा टासी शेर्पा, चन्द्रकृष्ण चक्रधर र मनीष महर्जन निर्वाचित हुनुभएको छ ।
काठमाडौं उपत्यका कमिटीको अध्यक्षमा रूपेश अधिकारी चयन हुनुभएको छ । उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धिराम शर्मा निर्वाचित हुनुभएको छ भने सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन एवं सदस्यमा शोभा सापकोटा थापा, विजयप्रसाद बस्याल, जित र गंगा थापामगर निर्वाचित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच