
काठमाडौं । स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ । काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाउनुभयो जो प्लेयर अफ द फाइनल पनि घोषित हुनुभयो । यस्तै, प्रदीप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाउनुभयो । ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गर्नुभएको थियो । ग्रेट हिमालयका नितेश कुमार र सन्दीप पराजुलीले १÷१ विकेट लिनुभयो ।
यसअघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ५८ रन बनायो । उसका लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाउनुभयो । रूपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाउनुभयो । किंग्सको बलिङमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिनुभयो ।
उपाधिसहित किंग्स क्रिकेट एकेडेमीले एक लाख रुपैयाँ पायो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित टिम बिडिएमएसका निरज भट्ट घोषित हुनुभयो जसले १० हजार रुपैयाँ पाउनुभयो । यस्तै, उत्कृष्ट बलर पनि निरज नै घोषित हुनुभयो भने उत्कृष्ट ब्याटर टिम बिडिएसका जतिन थापा घोषित हुनुभयो । उत्कृष्ट ब्याटर र बलरले समान पाँच हजार रुपैयाँ पाए ।
उपाधि विजेता खेलाडीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य ध्यानगोविन्द रञ्जितले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरण समारोहमा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कालगायतको उपस्थिति रहेको थियो ।
तारकेश्वर युथ क्लबको आयोजनामा आठ दिन सञ्चालित प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै प्रतियोगिताका निर्देशक सञ्जय अधिकारीले प्रतियोगिता उत्साहजनकरूपमा सम्पन्न भएको र आगामी वर्ष योभन्दा अझ भव्य बनाउने वचनबद्धता व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच