काठमाडौं । वरिष्ठ गायक आनन्द कार्कीसँग सहकार्य गर्दै गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत ‘दुश्मन हेरेको हेरेई’ सार्वजनिक गर्नुभएको छ । फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा दुर्गेशसँगै अभिनेत्री प्रियंका कार्की, मोडल कविता नेपाली र तिब्बतीयन गायकको रूपमा चर्चामा आउनुभएका गायक तथा मोडल पेमा लामाको अभिनय छ ।
गीतमा स्वर दुर्गेश, वरिष्ठ गायक कार्कीसँगै फिमेल भर्सनमा गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानको छ । शब्द संगीत र एरेन्ज दुर्गेशको नै छ । मिक्सिङको काम विमल छिनालले गर्नुभएको छ ।
भिडियोतर्फ निर्देशन दुर्गेश थापा र बिजु पार्कीको रहँदा संजय विश्वकर्माको नृत्य निर्देशन, रूपेश थापाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ । भिडियोको कन्सेप्ट बिजुको हो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा