काठमाडौं । रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । गायक पाण्डेकै शब्द एवं संगीत र सञ्जीव बराइलीको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतलाई स्ट्यानबेल स्टुडियो लण्डनमा इञ्जिनियर मदन रेन म्याडीले रेकर्ड गर्नुभएको हो ।
सुमन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा निशु पौडेलको अभिनय छ । पौडेलको अलवा भिडियोमा गायकद्वय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ । यूकेका रमणीय स्थान हिृवट्बी एबे, माम टोर र डनकास्टरका आकर्षक लोकेसनमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गर्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा