
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टी-२० अवार्ड मनोनयन सूची सार्वजनिक गरेको छ । जसमा भारतीय फास्ट बलर अर्शदीप सिंह टी-२० क्रिकेटर अफ द इयरको मनोनयनमा पर्नुभएको हो । उहाँ अवार्डका लागि मनोनीत हुने एकमात्र भारतीय हो । अवार्डका लागि उहाँले जिम्बावेका सिकन्दर रजा, अस्ट्रेलियाका ट्राभिस हेड र पाकिस्तानका पूर्वकप्तान बाबर आजमसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
यसैगरी आइसिसीले एकदिवसीय क्रिकेटर वर्ष खेलाडीको अवार्ड मनोनयन पनि सार्वजनिक गरेको छ । मनोनयनमा श्रीलंकाका दुई र अफगानिस्तानका एक खेलाडी परेका छन् । यो वर्ष २६ विकेट लिनुभएका वानिन्दु हसरंगासँगै कुशल मेन्डिस मनोनयनमा पर्ने श्रीलंकन खेलाडी हुनुहुन्छ । यस्तै, महिलातर्फको एकदिवसीय वर्ष क्रिकेटरमा अस्ट्रेलियन, दक्षिण अफ्रिका, भारत र श्रीलंकाका एक-एक खेलाडी मनोनयनमा परेका छन् ।
यो वर्ष दक्षिण अफ्रिकाकी लाउरा उल्भार्टले १२ इनिङ्समा ६९७ रन बनाउनुभयो । श्रीलंकाकी चमारी अथापथ्रूले ९ इनिङमा ४५८ रन बनाउनुभयो । भारतकी स्मृति मन्धनाले यो वर्ष ७४३ रन बनाउँदा एक विकेट पनि लिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच