काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर त्यसको पूर्वसन्ध्यामा यही डिसेम्बर ३१ मा काठमाडौंको गैरीधारास्थित सिल्भर ओएक्समा तीन व्याण्ड एक्सिस, झिल्के एण्ड द कम्पनी र कुमा सागर एण्ड द ख्वप गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)को प्रस्तुतिमा भइरहेको ‘चिल म्युजिक फेष्ट’अन्तर्गत यी तीन व्याण्ड गुञ्जिन लागेका हुन् ।
पीभीई नेटवर्कका अनुसार गैरीधारामा व्याण्डहरूले साँझ ७ बजेदेखि सांगीतिक प्रस्तुति दिनेछन् । ‘कार्यक्रममा व्याण्डहरूको सांगीतिक विविधता, परिकार र जलपानसँगै नयाँ वर्षको विशेष उत्सव हुनेछ’, पीभीई नेटवर्कले भनेको छ ।
व्याण्डले ‘चिल म्युजिक फेष्ट’अन्तर्गत झापा र बुटवलको तिलोतमामा कन्सर्ट गरिसकेका छन् । झापा कन्सर्टका इभेन्ट संयोजक सोनु पुडासैनी र बुटवल संयोजक अशोक थापाले दुवै स्थानमा उल्लेखनीय दर्शकको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको बताउनुभयो । ‘हामीले झापा र बुटवलको तिलोतमामा क्रिसमस इभको अवसर पारेर उल्लेख्य मात्रामा संगीत पारखीमाझ कार्यक्रम गर्न सफल भयौं’, थापाले भन्नुभयो ।
कार्यक्रमका काठमाडौं संयोजक रोहित श्रेष्ठले खल्ती एपमार्फत कार्यक्रमका लागि टिकट बुकिङ भइरहेको बताउनुभयो । ‘यो दिन काठमाडौंमा अन्य ठूलो कार्यक्रम नभएकाले नयाँ वर्षको इभलाई हामी विशेष महत्व दिएर कार्यक्रम गर्दैछौं’, रोहितले भन्नुभयो । उहाँले आकर्षक स्टेज सजावटसँगै नयाँ वर्षलाई स्वागत गर्न विशेष तयारी भइरहेको जानकारी गराउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा