काठमाडौं । लेखक तथा निर्देशक विवेक रसाइलीद्वारा निर्देशित ‘सानुमाया’ गीतको भिडियो सार्वजनिक भएको छ । भिजुअल आट्र्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक भिडियोले भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरेको छ ।
भिडियोमा मिरुना मगर, दीपक रसाइली र प्रेम सुब्बालाई फिर्चड गरिएको छ । भिडियोमा मिरुनाले र भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्षलाई झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ ।
विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियोका रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायांकन छ । गीत भिजुअल आट्र्स स्टुडियोको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता