
काठमाडौं । मधेश प्रदेशका महत्वपूर्ण खेलाडी अनिल शाहले जय ट्रफी मेन्स एलिट कप गुमाउनुहुने भएको छ । नेपाल प्रिमियर लिग (एनपिएल)का क्रममा घाइते हुनुभएका अनिल स्वस्थ नभएकाले एलिट कपमा पनि नदेखिने हुनुभएको हो । घाइते भएका कारण अनिलले एनपिएलको प्लेअफ तथा फाइनल खेल गुमाउनुभएको थियो ।
मधेश क्रिकेट संघले शनिबार हरिशंकर शाहको कप्तानीमा २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको छ । घोषित प्रारम्भिक टोलीमा शल्यक्रियाका कारण आराम गरिरहनुभएका पवन सर्राफसमेत टोलीमा पर्नुभएको छैन । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा हुने जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष ४ टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहनेछ ।
सिंगल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीबीचमा फाइनल हुनेछ । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय ढाँचा र फाइनल तीन दिवसीय रूपमा खेलाइनेछ । यसै वर्षको सुरुमा भएको प्रधानमन्त्री कप क्रिकेटमा टोलीलाई शीर्ष चारमा पु¥याउन अनिलले महत्वपूर्ण योगदान गर्नुभएको थियो । अनिलले नौ खेलमा एक शतकसहित ३८६ रन बनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच