
एजेन्सी । भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर-गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीका तर्फबाट कीर्तिमान बनाउनुभएको छ । उहाँ टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बन्नुभएको हो । घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो ।
भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुंगा पार गर्ने उहाँ दोस्रो खेलाडी बन्नुभएको छ । यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिनुभएको थियो । तर फास्ट बलरतर्फ बुमराह पहिलो खेलाडी हुनुहुन्छ । अश्विनले ३७ खेलमा २०० विकेट लिनुभएको थियो । बुमराह अहिले आइसिसी र्याकिङको टेष्टतर्फ पहिलो नम्बरको खेलाडीसमेत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच