काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा आठजना नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले परिषद्मा रिक्त रहेका सदस्यमध्ये आठजनालाई नियुक्त गरेको हो ।
राष्ट्रिय खेलकुद विकास ऐनअनुसार रिक्त रहेको बोर्ड सदस्य नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ । खेलकुदमन्त्री तेजुलाल चौधरीको प्रस्तावमा मन्त्रिपरिषद्ले आठजनालाई बोर्ड सदस्य नियुक्त गरेको हो ।
बोड सदस्यमा नियुक्त हुनेमा कमलबहादुर भट्टराई, हिमाल श्रेष्ठ, जगतसिंह धामी, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, नन्दा बस्याल र सुवर्ण श्रेष्ठ हुनुहुन्छ । तेक्वान्दो खेलाडी नन्दा र नेपाल हक्की संघकी महासचिव सुवर्ण दोहोरिनुभएको हो भने अन्यले पहिलोपल्ट जिम्मेवारी पाएका हुन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा