
हेटौंडा । मकवानपुरमा कुटपिटबाट घाइते भएका व्यक्तिको मृत्यु भएको छ।
उपचारको क्रममा कुटपिटबाट घाइते भएका मकवानपुरको थाहा नगरपालिका-१० का ५३ वर्षीय हिराकाजी गोपाली मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार पुस ८ गते बेलुकी ८ बजेको समयमा जिल्ला मकवानपुरको थाहा नगरपालिका १० स्थित मुलगाँउमा बस्ने गोपालीलाई ४७ को जयराम गोपालीले मदिरा सेबन गरी आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिट गर्दा टाउकोमा चोट लागेर हिराकाजी गोपाली घाईते भएका हुन् ।
कुटपिटबाट घाइते गोपालीको काठमाडौं दीर्घायू अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिट गर्ने जयराम गोपालीलाई नियन्त्रणमा लिईएको र थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच