
काठमाडौं । मोन्टी देसाईलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट हटाउने तयारी भएको छ । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रदर्शन गर्न नसकेको भन्दै देसाईको सम्झौता नवीकरण नगर्ने नेपाल क्रिकेट संघ (क्यान)ले तयारी गरेको हो । भारतीय नागरिक मोन्टीको सम्झौता नवीकरण नगर्नेबारे क्यानले आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय गर्ने जनाएको छ ।
क्यानका सचिव पारस खड्काले पदाधिकारीलाई अनौपचारिक छलफलमै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने बताइसक्नुभएको छ । यस विषयमा सचिव खड्काले प्रशिक्षकसँग पनि सल्लाह भएको जानकारी पदाधिकारीलाई दिनुभएको थियो । मोन्टीको सम्झौता यही डिसेम्बरसम्म मात्रै छ ।
मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक हुनुहुन्छ । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू-१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गर्नुभएको थियो । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।
गत असारमा नेपालले दोस्रो पटक आइसिसी टी-२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्ससँग खेल्दामात्र एक अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको बताइएको छ । देसाईलाइ हटाएर क्यानले नयाँ प्रशिक्षक नियुक्त गर्नेछ । उच्च स्रोतका अनुसार नयाँ प्रशिक्षक पनि भारतीय नै नियुक्त गर्ने सम्भावना प्रबल छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच