
जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरूलाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरूलाई समान गरेको हो । परेडमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत सहभागी भएर खेलाडी र आयोजकको हौसला बढाउनुभएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका-१४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट सुरु भएको परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, जिरोमाइल, विश्वकर्मा चोक, राम चोक हुँदै जानकी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो ।
आज (शनिबार) महोत्तरी, सर्लाही, रौतहट, आइतबार बारा र पर्सा, सोमबार सिराहा, सप्तरीमा परेड गरिने कार्यक्रम रहेको छ । जनकपुरधामको परेडमा मधेस प्रदेश क्रिकेट संघ, नागरिक समाज र खेलप्रेमीसहित मधेसका विभिन्न क्षेत्रका स्थानीयको उल्लेखनीय सहभागिता थियो ।
गत शनिबार आयोजित फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले पहिलो संस्करणको एनपीएलको उपाधि जितेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच