
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेसँगै नेपाल प्रिमियर लिगमा सानदार प्रदर्शन गरेको बलरहरू रिजन ढकाल, प्रतिश जिसी र नन्दन यादवले जय ट्रफी इलाइट कपमा बागमती प्रदेशबाट खेल्नुहुने भएको छ । प्रतियोगिताका लागि बागमतीले टोली घोषणा गरेको हो ।
टोलीमा सन्दीप, रिजन, प्रतिश र नन्दनसँगै सुर्य तामाङ, उत्तम थापामगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, रोबिन जोशी, शुभ कंशाकार, रोहन विक, अशोक पौडेल, सुर्यान्शु कोइराला, प्रतिक श्रेष्ठ, तिलक राजभण्डारी र दयानन्द मण्डल रहनुभएको छ ।
क्यानका पूर्वअध्यक्ष जयकुमार शाहको नामबाट सञ्चालन हुने प्रतियोगितामा बागमती र मधेस प्रदेशसँगै विभागीय टोलीहरू नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब हुनेछन् । प्रधानमन्त्री कपमा शीर्ष चारभित्र नपरेपछि एपीएफ भने प्रतियोगितामा हुने छैन ।
प्रतियोगिताको उद्घाटन जनवरी ५ मा हुनेछ । पहिलो खेलमा मधेस र बागमती तथा नेपाल पुलिस र आर्मीबीच खेल हुनेछ । फाइनल जनवरी १४ देखि १६ सम्म चल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच