दमौली । राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो । पुस २७ गते ४३ किलोमिटर म्याराथन हुने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।
धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी-गाउँपालिकाको कार्यालय-अर्खलाछाप-काफलडाँडा-पुरानो ऋषिङ-पोखरीभञ्ज्याङ-गोठादी-ढुंगाडे-चालिसे-भीरकोट-अर्चल्दी-मौरीबास-दाङसिरी-दुवुङकोटमा टुंगिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई ६५ हजार, द्वितीय हुनेलाई ४० हजार तृतीय हुनेलाई २५ हजार र एकजनालाई सान्त्वना पुरस्कार दश हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा