
लाहौर । पाकिस्तानका पूर्वकप्तान बाबर आजमले टेस्ट टोलीमा पुनरागमन गर्नुभएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले दक्षिण अफ्रिकाविरुद्ध सुपरस्पोर्ट पार्कमा हुने बक्सिङ डे टेस्टका लागि प्लेइङ ११ को घोषणा गरेको हो । बाबरले पाकिस्तानका लागि अन्तिम पटक अक्टोबरमा इंग्ल्याण्डविरुद्ध अन्तिम टेस्ट खेल्नुभएको थियो ।
त्यसयता दायाँ हाते ब्याट्सम्यान शृंखलाका बाँकी दुई खेलका लागि प्लेइङ ११ मा छनोट हुनुभएको थिएन । बाबरले सन् २०२२ को डिसेम्बरमा न्युजिल्याण्डविरुद्ध १६१ रन बनाएयता कुनै पनि शतक बनाउनुभएको छैन । उहाँको स्थानमा दायाँ हाते ओपनर अब्दुल्लाह शफिकलाई समावेश गरिएको थियो, जो हालै लगातार तीन पटक शून्यमा आउट हुनुभएको थियो ।
बायाँ हाते ब्याट्सम्यान शान मसुदले टोलीको नेतृत्व सम्हाल्नुहुनेछ भने सेतो बलका कप्तान मोहम्मद रिजवानले विकेटकिपरको भूमिका निर्वाह गर्नुहुनेछ । पिसिबीले एकदिवसीय शृंखलामा प्लेयर अफ द टुर्नामेन्ट साम अयुबलाई पनि समावेश गरेको छ । पाकिस्तानको बलिङ आक्रमणमा नसीम शाह, मोहम्मद अब्बास, खुर्रम शहजाद र आमिर जमाल हुनुहुन्छ ।
यसबाहेक स्पिन अलराउन्डर सलमान अली आगा पनि यसमा समावेश हुनुहुन्छ । बायाँ हाते ब्याट्सम्यान साउद शकील र दायाँ हाते ब्याट्सम्यान कामरान गुलामले पनि टोलीमा आफ्नो स्थान पक्का गर्नुभएको छ । यसअघि मंगलबार आयोजक दक्षिण अफ्रिकाले सेन्चुरियन टेस्टका लागि प्लेइङ ११ को घोषणा गरेको थियो भने बलिङ अलराउन्डर कोर्बिन बोसले डेब्यु गर्नुहुने भएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच