
अर्घाखाँची । अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ ।
सन्धिखर्क नगरपालिकाका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भएको फाइनल खेलमा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजेता बनेको हो ।
आयोजक अन्तरपाटी महिला सञ्जालका अध्यक्ष चन्द्रा गैरेका अनुसार प्रतियोगितामा अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशंकर इङ्लिस बोर्डिङ स्कुल तृतीय र भगवती मावि शंखेटारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित क्रमशः २० हजार, १५ हजार, आठ हजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबारदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो । छात्राहरू खेलमा पनि अब्बल छन् भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क नगरका उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच