
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ । डेढ वर्षदेखि क्यान्सर रोगको उपचार गर्दै आउनुभएका लामाको आइतबार साँझ वीर अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
लामाको आज काठमाडौँस्थित स्वयभूमा सामाजिक परम्पराअनुुसार अन्त्यष्टि गर्ने कार्यक्रम रहेको छ । ६९ वर्षीय लामा विसं २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
लामाको निधनको शोकमा आज गाउँपालिकाले बिदा दिएको छ । एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका लामाको निधनमा काभ्रेपलाञ्चोक एमालेले शोक विज्ञप्ति जारी गरी पार्टीको कुशल, जुझारु र जनप्रिय जनप्रतिनिधि गुमाएकोमा दुःख व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच