उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।

उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार भोलि दिउँसो १ बजे संसदमा चुनाव हुनेछ । सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।

ADVERTISEMENT

सोहीअनुसार गठबन्धन दलले रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने तयारी छ । सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो ।

नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *