काठमाडौं । नेपाल आइडल’ सिजन ५ का विजेता करण परियारको स्वरमा रहेको गीत ‘अस्ती भन्दा’ सार्वजनिक भएको छ । सुमन दाहालको शब्द, दीपक शर्माको संगीतमा ‘अस्ती भन्दा’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतले समयसँगै मान्छे कसरी बदलिन्छ भन्ने कुरा व्यक्त गरेको छ ।
दाहालकै निर्देशन रहेको गीतको भिडियोको सबै छायांकन अमेरिकाको केन्टकी राज्यका विभिन्न रमणीय स्थानमा गरिएको छ । भिडियोमा सम्राट दाहालको अभिनय छ । पवन गौतम र चाल्र्स मोरल्याण्ड तृतीयले छायांकन गरेको गीतको भिडियो सम्राट क्रिएसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता