
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) ले आज (शनिबार) पहिलो विजेता पाउनेछ । एनपिएलको ऐतिहासिक पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । उपाधिको छिनोफानो हुने उपाधि भिडन्त दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । क्वालिफायर-२ मा कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर उपाधिनजिक पुगेको हो भने क्वालिफायर-१ मा जनकपुरलाई नै हराएर सुदूरपश्चिम फाइनल पुगेको थियो ।
सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा सातमध्ये पाँच खेल जितेर दोस्रो स्थानमा रहेको थियो ।
एनपिएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो । लिग चरणमा जनकपुरलाई हारको स्वाद चखाउने टोली नै सुदूरपश्चिम मात्रै हो ।
जनकपुरले सुदूरपश्चिमविरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमान बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन । ८ ओभरअघि नै ५१ रनमा अलआउट भएको थियो । सुदूरपश्चिमसामु आफ्नो नजिकको प्रतिद्वन्द्वीमाथि जितको हृयाट्रिक रच्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिने अवसर छ । तर, जनकपुरको मुख्य चिन्ता अहिले ब्याटिङमा देखिएको छ । सुरुवाती चार खेलमा लगातार जित निकाल्दा तीन खेलमा टप अर्डरले नै गेम फिनिस गरेका थिए । मिडल अर्डर एक्सपोज हुनै पाएको थिएन । त्यसपछिको खेलमा सुदूरपश्चिमसँग ५१ रनमा अलआउट भएपछि जनकपुरको टप अर्डर सुस्ताउँदा मिडल अर्डरमा दबाब थपिएको थियो । त्यसपछिका सबै जित जनकपुरका लागि सहज रूपमा आएको छैन । सुदूरपश्चिम भने प्रतियोगिताभर लयमा देखिएको छ ।
आठ टिम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । तेस्रो स्थान निश्चित गरेको कर्णालीले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । चितवन राइनोज चौथो भएको थियो । चौथो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको विजेताले एक करोड ११ लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच