
काठमाडौं । महिला एसिसी यु-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग नौ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । मलेसियाको वायुमास ओभलमा वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र एक विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाउनुभयो । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन बनाउनुभयो । नेपालका लागि कुसुम गोदारले एक विकेट लिनुभएको थियो ।
तीन ब्याटरहरू दुर्भाग्यपूर्ण रूपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन । नेपालका दुवै ओपनर साना प्रवीन र सावित्री धामी रनआउट हुनुभएको थियो । सबैभन्दा आशा गरिएकी कप्तान पूजा महतोले ११ बलमा नौ रनमात्रै जोड्न सक्नुभयो । नेपाल निर्धारित ११ ओभरमा आठ विकेट गुमाएर ५४ रन बनाएको थियो । बंगलादेशले एक विकेट क्षतिमा ९.५ ओभरमा लक्ष्य भेटेको थियो ।
नेपाललाई हराएसँगै सुपर फोरबाट ६ अंकसहित बंगलादेश फाइनलमा पुगिसकेको छ । त्यस्तै सात अंकसहित भारत पनि फाइनलमा पुगिसकेको छ । समूह चरणको खेलमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्दै सुपर-४ मा स्थान बनाउन सफल भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच