
लण्डन । टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्वार्टरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई ४-३ गोलअन्तरले पराजित गर्दै टोटनहाम सेमिफाइनलमा प्रवेश गरेको हो ।
टोटनहामको जितमा डोमिनिक सोलान्केले दुई तथा डेजान कुलुसेभ्स्की र सन हृयुङमिनले एक-एक गोल गर्नुभयो । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले एक-एक गोल गर्नुभयो । खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा थप ६ गोल भए ।
दोस्रो हाफको ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पार्नुभयो । ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि राख्नुभयो । तर, ६३औं मिनेटमा जर्क्जीले गोल गर्दा ७०औं मिनेटमा दियालोले अर्को गोल थपेपछि युनाइटेड खेलमा फर्कने संकेत गरेको थियो ।
८८औं मिनेटमा सनले गोल गरेपछि टोटनहामको अग्रता फेरि बढ्यो । इन्जुरी समयमा इभान्सले गोल गरेपछि खेल ४–३को अवस्थामा पुगेको थियो । त्यसपछि भने थप गोल भएन । टोटनहामले अब फाइनल प्रवेशका लागि लिभरपुलसँग खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच