काठमाडौं । अस्मिता अधिकारी र शिवसागर खड्काको स्वरमा रहेको गीत ‘च्वाँके बालेर’ सार्वजनिक भएको छ । बाबुल गिरीको शब्द र संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिलिप समनले निर्देशन गरेको गीतको भिडियोमा विवेक कार्की र अम्बिका तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ । एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत सिक्लेश गाउँमा छायांकन गरिएको हो ।
भिडियोमा क्यामेरा विशाल थापा, सम्पादन नकुल खड्का सहायक निर्देशन सुनिल बुडाथोकीको छ । मिना बर्तौलाको निर्माण रहेको गीतको भिडियो समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts